एमाले केन्द्रीय कमिटी बैठक बस्दै-Sutra News

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

काठमाडौं- शुक्रबारदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।



शुक्रबार बैठकमा पेस भएको विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमा आज बिहान ११ बजेदेखि समूहगत छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर समूहगत छलफल थालिएको भट्टराईले बताए । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ ।

‘समूहगत छलफलको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिर्माजनसहित पारित गरिने छ,’ भटराईले भने, ‘आज विहान ११ बजेदेखि समूहगत छलफल हुने छ। केन्द्रीय कार्यसमितिको पूर्ण बैठक दिउँसो ३ बजे बस्ने छ ।

केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनले जानकारी दिए । एमालेले १५-१७ असोजमा पहिलो विधान महाधिवेशन गर्ने मिति तोकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट