नेपाल बेस्ट म्युजिक अवार्डमा सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार-Sutra News

नेपाल बेस्ट म्युजिक अवार्डमा सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

काठमाडौं- नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा चलचित्र पत्रकारद्धय लक्ष्मण सुवेदी र कुवेर गिरीलाई नगद राशीसहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गरिने भएको छ ।



झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सुवेदी र गिरीलाई उनीहरुको योगदानको कदर स्वरुप पुरस्कृत गर्ने निर्णय गरिएको आयोजक संस्था तुलसी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले जानकारी दिए ।

विभिन्न साप्ताहिक,मासिक, पाक्षिक पत्रिका हुँदै टेलिभिजन तथा नयाँ पत्रिका दैनिकमा लामो समय पत्रकारिता गरेका सुवेदीले यसअघि पनि थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । गिरी भने पछिल्लो केही बर्षयता रातोपाटी डटकममा कार्यरत छन् ।

काठमाडौको चन्द्रागिरीमा असोज १८ गते आयोजना हुने अवार्ड समारोहमा बिभिन्न ३६ विधामा अवार्ड प्रदान गरिने छ ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागीएको अवार्डको उत्कृष्ट ५ मनोनयन केही समय अघिनै सार्वजनिक भइसकेको छ । नेपाली गीतसंगीतको प्रवर्द्धन गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल बेस्ट म्युजिक अवार्डले पहल गर्ने विश्वास आयोजक संस्थाको छ ।

अवार्ड समारोहमा गीतसंगीत, चलचित्र लगायतका समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट