सन्तोषको दसैँ गीत यस्तो छ [भिडियो]-Sutra News

सन्तोषको दसैँ गीत यस्तो छ [भिडियो]

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

काठमाडौं- सन्तोष सुवेदीको दसैँ गीत ‘साउदी कतार’ बजारमा आएको छ । भागिरथ चलाउने र आशा बिसीले स्वरबद्ध गरेको गीतमा लय पनि गीतकार सुवेदी स्वयंको छ ।



काठमाडौं डिजिटल स्टुडियोमार्फत बजारमा आएको गीतको संगीत संयोजन माधव भण्डारीले गरेका छन् । गीतको म्युजिक भिडियो निर्देशन सफल फिल्म्सका पुंके सुरजले गरेका हुन् ।

निर्देशक स्वयंको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन सुनिल विकले गरेका हुन् । दसैँ-तिहार आउँदा आफ्नो घर परिवार सम्झिनु अनि साहुको रिनले गर्दा अझै फर्कनु नपाइएको, कोरानाका कारण काम ठप्प भएको, भनेजस्तो कमाइ नभएको लगायत भाव गीतमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट