भारतीय अधिकारकर्मी कमला भासिनको निधन-Sutra News

भारतीय अधिकारकर्मी कमला भासिनको निधन

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

काठमाडौं- चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । क्यान्सर पीडित भासिनको शनिबार ७५ वर्षको उमेरमा निधन भएको हो ।



भासिनले निरन्तर महिला अधिकारका क्षेत्रमा क्रियाशील रहेर दक्षिण एसियामा नारीवादी आन्दोलनलाई उचाईमा पुर्‍याउनमा योगदान दिएकी छन् ।

२४ अप्रिल १९४६ मा भारतको राजस्थानमा जन्मिएकी भासिन महिलावादी आन्दोलनको नेटवर्क ‘संगत’ अभियानमा आबद्ध थिइन् ।

भासिनको महिलावादी आन्दोलन बलात्कार कानुन संशोधन, मथुरा बलात्कार घटना, दाइजोका कारण हुने हत्याविरुद्ध थालेको संघर्ष भारतमा चर्चित छन् ।

समाज वैज्ञानिकका रुपमा चिनिने भासिन महिलावादी ‘आइकन’ का रूपमा प्रख्यात प्रख्यात छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट