देव गुरुङ भन्छन्- राष्ट्रियताको मुद्दामा अडान लिएर विदेशी सेनालाई प्रवेश नदिँदा पार्टी फुट्यो-Sutra News

देव गुरुङ भन्छन्- राष्ट्रियताको मुद्दामा अडान लिएर विदेशी सेनालाई प्रवेश नदिँदा पार्टी फुट्यो

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

तनहुँ- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा फुटाउनेलाई राष्ट्रियता विरोधीको संज्ञा दिएका छन् । पार्टीमा समस्या सिर्जना हुँदा माओवादी केन्द्र राष्ट्रियताको पक्षमा अडिग भएकै कारण नेकपा फुटेको उनको भनाइ छ ।



तनहुँको फिरफिरेमा शनिबार आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीले पार्टी र संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताए ।

‘राष्ट्रियताको मुद्दामा अडान लिएर विदेशी सेनालाई प्रवेश नदिँदा पार्टी तोडफोड भयो । एमसीसी पारित गरेर विदेशी सेना ल्याउने प्रयास संसदबाट विफल भएपछि संसद नै भंग गरिदिए,’ गुरुङले भने, ‘सदन किन भंग गरे त ? राष्ट्रियताको मुद्दा उठाएकै कारणले ।’

सम्बोधनको अधिकांश समय एमाले र ओली विरुद्धमा खर्चिएका गुरुङले ओली नेतृत्वको सरकारले भ्रष्टचार, दलाल र विदेशी पुँजीवादीको संरक्षण गरेको आरोप लगाए । देश र जनताको पक्षमा ओली सरकारले केही पनि गर्न नसकेको ठोकुवा गर्दै पाँच दलीय गठबन्धन राष्ट्रियता पक्षधरको समूह भएको उनको दाबी थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट