बैतडीका दुई पालिकामा सर्वसम्मत कांग्रेस नेतृत्व चयन-Sutra News

बैतडीका दुई पालिकामा सर्वसम्मत कांग्रेस नेतृत्व चयन

शनिबार, ९ असोज २०७८

शनिबार, ९ असोज २०७८

बैतडी- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका दुई पालीकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाका सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको मतदान अधिकृत उत्तमबहादुर कुँवरले जानकारी दिए ।



कार्यसमितिको उपसभापतिमा करवीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह बिष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । सुर्नया गाउँपालिकामा ४७ सदस्यीय कार्यसमिति चयन भएको छ । यसैगरी जिल्लाको शिवनाथ गाउँपालिकामा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी र गम्भीर बहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएका मतदान अधिकृत जनकबहादुर चन्दले बताए ।

सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् । समितिको कोषाध्यक्षपछि मनोनीत गरिने बताइएको छ । जिल्लाका अन्य ८ पालिकामा भने निर्वाचन भएको छ । अधिकांश पालिकामा आजै रातिसम्म नतिजा आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट