एकीकृत समाजवादीको बागलुङ कमिटी घोषणा-Sutra News

एकीकृत समाजवादीको बागलुङ कमिटी घोषणा

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

बागलुङ- नवगठित नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी बागलुङले पूर्णता पाएको छ । नेकपा एमाले विभाजनपछि भएको पहिलो जिल्ला भेलाले लालबहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषण गरेको हो । समितिको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी र सहसचिवमा चक्र थापा चयन भएका छन् । 



महिला उपाध्यक्ष जिल्ला कमिटीको बैठक चयन गर्ने निर्वाचन कमिटीका सदस्य श्रीप्रसाद शर्माले जानकारी दिए । एकीकृत समाजवादी पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष केशवलाल श्रेष्ठले कम्युनिष्ट आन्दोलन जीवित राख्न पार्टी पुनःगठन गर्नुपर्ने बाध्यता भएको बताए । नेकपा एमालेको अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलन विसर्जन गर्न थालेपछि नयाँ ढंगबाट अघि बढेको दावी गरे । 

पार्टी विभाजन पद, प्रतिष्ठाको विषय नभई विचार, संगठन र आन्दोलनसँग जोडिएको बताए । नवगठित नेकपा एस पार्टीमा बागलुङ नगरपालिका-२ का वडाध्यक्ष जीवन आचार्य, बानपा–१ का वडाध्यक्ष सदस्य लालबहादुर केसी, काठेखोला गाउँपालिका-३ का वडाध्यक्ष यामबहादुर श्रीस, ढोरपाटन नगरपालिका-९ का वडाध्यक्ष हरिबहादुर घर्ती, वडा सदस्य यामु कामी र बागलुङ नगरपालिका-१० का महिला सदस्य सीता थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट