मध्यमार्गी नेताहरुले विद्रोहको संकेत देखाएपछि तनावमा ओली-Sutra News

मध्यमार्गी नेताहरुले विद्रोहको संकेत देखाएपछि तनावमा ओली

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यमार्गी नेताहरुबाट आजित हुन थालेका छन् । एमाले विभाजन हुनुभन्दा अगाडी पार्टीका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेका तर विभाजन भएपछि आफ्नो पक्ष नछाडेका नेताहरुको व्यवस्थापन गर्न ओलीलाई सकस पर्ने देखिएको छ ।



पार्टीको पछिल्ला बैठकहरुमा तेस्रो धार मानिने नेताहरुले आफ्नो चर्को असन्तुष्टि व्यक्त गर्न थालिसकेका छन् । ओलीले १० बुंदेमा असमानता देखाउन खोजेको भन्दै उनीहरुले ओलीको भूमिकामा प्रश्नसमेत उठाएका छन् । यसबाट ओली हैरान छन् ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा ओलीले आफूहरुको कुरा नसुनेको भन्दै तेस्रो धारका नेताहरुले शनिबारको बैठक बहिष्कार गर्ने संकेत गरेका थिए । तर बहिस्कार नै गरेनन् । असन्तुष्टिका कारण भारी मनका साथ् बैठकमा सामेल भए ।

एमालेमा मध्यमार्गी मानिने नेताहरुले विद्रोह गर्ने संकेत गर्दै आएका छन् । ओलीले उनीहरुको व्यवस्थापन गर्न सक्दैनन् भन्नेमा उनीहरु ढुक्क छन् ।  विभाजनभन्दा अगाडी नेपालको साथमा रहेका नेताहरु अब पनि उतै नजालान् भन्न सकिन्न ।

एमाले विभाजन नहुँदै ओलीको कट्टर विरोधी बनेका नेताहरूका कारण ओलीको तनाव कम भएको छैन । उनीहरुले ओलीलाई थप अप्ठ्यारोमा पर्ने संकेत देखिन थालेको छ । तत्काल माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा नलागेका नेताहरुले ओलीलाई नै सामना गर्न सक्ने सम्भावना अलिकति पनि देखिएको छैन ।

तेस्रो धारका नेताहरु विभिन्न विषयलाई लिएर ओलीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । पदको रुपमा हेर्ने हो भने अहिले सचिव योगेश भट्टराई र उपाध्यक्ष भीम रावल ओलीसँग सन्तुष्ट छैनन् । अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै हो भनेपछि रावल र ओलीबीचको सम्बन्ध बलियो छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट