काठमाडौँ । कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको मृत्यु भएको छ । उनको शव ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा शव भेटिएको छ ।
उनको शव चिन्न नसकिने अवस्थामा रहेको र पोष्टमार्टम गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
हिजो साझै बालकको शव फेला परेको थियो । तर पहिचान हुन नसकेपछि ललितपुर प्रहरीलाई खबर गरेको थियो ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र काठमाडौं महानगरपालिका वडा नम्बर ६ को सीमानामा रहेको मिलनचोक तरकारी बजार नजिकैको ढलमा एक बालक खसेका थिए।