माओवादीमा शक्तिशाली बन्दै गएका महराको चेतावनी – गुट बनाउनेलाई ध्वस्त पारिन्छ-Sutra News

माओवादीमा शक्तिशाली बन्दै गएका महराको चेतावनी – गुट बनाउनेलाई ध्वस्त पारिन्छ

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुट बनाउनेहरू ध्वस्त हुने चेतावनी दिएका छन् ।



माओवादीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको लुम्बिनी प्रदेश कमिटी सम्मेलनको उद्घाटन गर्दै पार्टीभित्र गुट बनाउनेहरूलाई ध्वस्त गरिने चेतावनी दिएका हुन् ।

‘अध्यक्ष कमरेड प्रचण्ड गुट उपगुटबाट आजित हुनुभएको छ,’ महराले भने, ‘म गुट उपगुटको सधैं विरोधी हुँ । पार्टी निर्माण गर्ने हो भने गुटहरू ध्वस्त पार्नुपर्छ । यसरी क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ ।’

जबरजस्ती करणीको आरोप लागेका तत्कालीन सभामुख महरालाई सर्वोच्च अदालत र उच्च अदालत दुवैबाट सफाई पाइसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाहिने हात मानिने महरा अदालतबाट सफाई पाएपछि पुनः राजनीतिमै सक्रिय देखिन थालेका छन् ।

नारायणकाजी श्रेष्ठलाई हटाएर प्रचण्डले महरालाई पार्टीको प्रवक्ता बनाएका छन् । यद्यपी पार्टीभित्रैबाट यसको विरोध भने भएको छ । पछिल्लो समय महरा पार्टीभित्र हाबी हुँदै गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट