पोखरा महानगरपालिकामा बिजुक्छे विजयी-Sutra News

पोखरा महानगरपालिकामा बिजुक्छे विजयी

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।



आज बिहान घोषित मतपरिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभयो । महानगरको सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली कांग्रेस पोखरा महानगरको उपसभापति हुनुहुन्थ्यो । यसैगरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै  प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित हुनुभएको छ । उपसभापतिका छ प्रत्यासी रहेकामा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७४, कृष्णप्रसाद अधिकारिले ३६५ र शिव केसीले १७३ मत प्राप्त गर्नुभयो ।

दुईजना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८४९ र थापाले ८०३ मत प्राप्त गर्नुभयो । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६१७ मत प्राप्त गर्नुभयो । सहसचिवमा ५८० मत प्राप्त गर्दै सङ्घर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित हुनुभयो । सहसचिवका छ उम्मेदवारमध्ये नरेन्द्र बाँस्तोलाले ४५८, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८ र लक्ष्मी बाँस्तोलाले ३८६ मत प्राप्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट