काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकिएको छ । आज बिहानैदेखि बसेको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तारबारे तत्काल निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।
हाल सरकारमा कांग्रेसका तर्फबाट चार र माओवादीका तर्फबाट दुईजना मात्रै मन्त्री छन्।
देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ७५ दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।