पत्नीलाई फोनको पासवर्ड नबताउँदा जिउँदै जल्नुपर्यो यी पति-Sutra News

पत्नीलाई फोनको पासवर्ड नबताउँदा जिउँदै जल्नुपर्यो यी पति

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

पति र पत्नीबीच सानातिना झगडा भइरहन्छन् तर कहिलेकाहीँ झगडा भयानक भइदिन्छ । इन्डोनेसियामा पति पत्नीको झगडाको एक विकराल रूप सार्वजनिक भएको छ । 



द डेली मेलको रिपोर्टअनुसार, एक इन्डोनेसियन महिलाले आफ्नो पतिको मोबाइल फोनको पासवर्ड नपाएपछि जिउँदै जलाइन् । 

पतिको नाम डेडी पूरनामा हो । उनी २६ वर्षका थिए । 

डेडीले घरको छत मर्मत गर्न लाग्दा पत्नी इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिन मानिनन् अनि दुवैजना झगडा गर्न थाले । डेडीले इल्हाममाथि कुटपिट गरे । 

झगडाका क्रममा इल्हामले उनीमाथि पेट्रोल छर्किन् र आगो लगाइन् । 

पूरनामा नराम्ररी डढे र घटनाको दुई दिनपछि उनको मृत्यु भयो । 

घटना इन्डोनेसियाका् वेस्ट नूसा टेंगाराको ईस्ट लोम्बाक रिजेन्सीमा भएको हो । 

ईस्ट लोम्बाक प्रहरी प्रमुख मेड योगीले बताएअनुसार, पत्नीले पेट्रोल भरिएको भाँडो पतिमाथि खन्याइन् अनि लाइटर बालेर डढाइन् । 

ओजी नामक व्यक्तिलाई घटनाको प्रत्यक्षदर्शीका रूपमा पहिचान गरिएको छ । घरमा आगोको लप्का देखेपछि उनी सहायताका लागि पुगेको ओजीले बताए ।

पूरनामालाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको मृत्यु भयो । 

पत्नीलाई प्रहरी हिरासतमा राखेर सोधपुछ जारी छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट