संसारकै धनी व्यक्ति बिल गेट्सबारे धेरै जानकारीहरू अझै बाहिर आएका छन् । गेट्स बस्ने निवास कस्तो होला ? यो संसारका धेरै मानिसहरूको चासोको विषय बनेको छ । उनी अमेरिकाको वासिङ्टनमा रहेको सानाडु भवनमा बस्ने गर्छन् ।
गेट्स बस्ने बंगला करीब ६६ हजार स्क्वायर फिटमा फैलिएको छ । २ हजार ३ सय स्क्वायर फिटको रिसेप्सन हल भएको सो बङ्गलामा २ हजार ५ सय स्क्वायर फिटको जिम हल छ । ७ बेडरुम, ६ किचन रहेको सो बङ्गलाको बाहिरी वाल समेत हाइटेक प्रविधिबाट निर्माण गरिएको छ ।
बाहिरी पर्खालमा यस्तो प्रविधि जडान गरिएको छ कि, जहाँ छुँदा नै त्यहाँ फिट गरिएका आर्टवर्क परिवर्तन गर्न सकिन्छ । उनको बंगलामा सुरुदेखि नै त्यस्ता केही ‘थिम्स’ र ‘वालपेपर’ जडान गरिएको छ जहाँ गेट्स र उनका परिवारका अरु सदस्यले आ–आफ्नो चाहना अनुसार भित्त्ताको रङ फेरिरहन्छन् । भित्तामा यस्तो प्रविधि जडान गर्न मात्रै गेट्सले करोडौं डलर खर्चेका थिए ।