काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन ठिक भएको बताएका छन् । आइतबार च्यासलस्थित अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
केन्द्रीय कमिटी बैठकमा असोज १५ देखि हुने विधान महाधिवेशनमा पेस गर्नका लागि ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।
ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मच्छरले हात्ती खाएको सपना नदेख्न चेतावनी दिएका छन् ।
एमाले केन्द्रीय सदस्य निरुदेवी पालका अनुसार ओलीले बैठकमा भनेका थिए – ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो ।’