काठमाडौँ । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका रेखा थापाले जीवनमा प्रेमको महत्व धेरै हुने बताएकी छन् ।
सामाजीक संजाल ट्वीटरमा लेख्दै थापाले प्रेमले मानिसलाई अन्धो बनाउने नभएर जीवन ज्योतिको लागि प्रेमले तेलको काम गर्ने उल्लेख गरेकी छन् ।
उनले प्रेमीसंग देशभक्त सपना र परोपकारको भाव हुनेसमेत व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘ प्रेमले मानिसलाई अन्धो बनाउने होइन, जीवन ज्योतिको लागि प्रेमले तेलको काम गर्छ । एउटा प्रेमी सँग देशभक्ती, आध्यात्मा, सपना र परोपकारको भाव हुन्छ । लैंगिक प्रेम त अक्सर वासना मात्र हो । ‘
प्रेमले मानिसलाई अन्धो बनाउने होइन, जीवन ज्योतिको लागि प्रेमले तेलको काम गर्छ । एउटा प्रेमी सँग देशभक्ती, आध्यात्मा, सपना र परोपकारको भाव हुन्छ । लैङिक प्रेम त अक्सर बासना मात्र हो । pic.twitter.com/LNL7gjELl5
— Rekha Thapa (@rekhafilms) September 26, 2021