सोमालियामा बम आक्रमण, सात जनाले ज्यान गुमाए-Sutra News

सोमालियामा बम आक्रमण, सात जनाले ज्यान गुमाए

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

मोगादिसु- सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।



शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट