चीनको सिचुवानमा पहिरो, कयौं बेपत्ता-Sutra News

चीनको सिचुवानमा पहिरो, कयौं बेपत्ता

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

छेन्दु- दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिसहरू बेपत्ता भएका छन् ।



आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ । तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन् ।

त्यसैगरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् । तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रोभित्र थिए ।

आइतबार बिहान पहिरोमा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरबाट १०० भन्दाबढी मानिसहरूलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट