तालिबानका लागि पाकिस्तानी प्रधानमन्त्रीले मागे सहयोग-Sutra News

तालिबानका लागि पाकिस्तानी प्रधानमन्त्रीले मागे सहयोग

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरो छन् ।



पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेको प्राप्तमा समाचारमा जनाइएको छ ।

उनले सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै सो आग्रह गरका हुन् । उनले सयुक्त राष्ट्रसंघको ७६ औ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पनि पछि पर्ने हो भने यसबाट विश्व समुदायलाई नै पछि पछुतो हुने पनि बताएका हुन् ।

उनले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था पनि निकै गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

उनले सो सम्मेलनलाई गर्नुभएको सम्बोधनमा भने, ‘यदि अहिले नै हामीले अफगानिस्तानको अप्ठेरो अवस्था बुझ्न सकेनौँ, मनन् गर्न सकेनौँ भने अर्को वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै नै गम्भीर भइसक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट