सुपरहिट बलिउड फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम-२’ निर्माण हुने-Sutra News

सुपरहिट बलिउड फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम-२’ निर्माण हुने

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

काठमाडौं- सुपरहिट बलिउड फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम-२’ निर्माण हुने भएको छ । फिल्ममा अजय देवगणले एक जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरेका थिए ।



दृश्यम-२ को छायांकन डिसेम्बरभित्रै सुरु हुने निर्माण पक्षले जनाएको छ । खासमा ‘दृश्यम’ मलयालम भाषाको फिल्म हो । सन् २०१३ मा मलयालममा बनेको सो फिल्म दर्शकले अत्याधिक मन पराएका थिए ।

त्यसपछि बलिउडमा सन् २०१५ मा रिमेक गरियो । सो फिल्ममा अजयका साथमा तब्बु, श्रीया शरण, इस्हिता दत्ता, रिसब चड्डा मुख्य भूमिकामा छन् । फिल्म निशिकान्त कामतले निर्देशन गरेका हुन् ।

मलालयम अभिनेता मोहनलालको मुख्य भूमिकामा रहेको दृश्यमको सिक्वेल गत फेब्रुअरीमा अमेजन प्राइममा रिलिज भएको थियो । अब बलिउडले उक्त सिक्वेलको हिन्दीमा रिमेक गर्न लागेको हो ।

पछिल्लो समय अजय ‘मेडे’, ‘मैदान’, ‘थ्यान्क गड’ फिल्म र वेबसिरिज ‘रुद्र’ को सुटिङमा व्यस्त भएकाले ‘दृश्यम-२’ को छायांकन डिसेम्बरमा धकेलिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट