इम्तियाजको फिल्ममा कार्तिक र सारा फेरि सँगै-Sutra News

इम्तियाजको फिल्ममा कार्तिक र सारा फेरि सँगै

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

काठमाडौं- अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलि खानको जोडीलाई दर्शकले मन पराउने गरेका छन् । उनीहरुको सन् २०२० मा इम्तियाज अलि निर्देशित ‘लभ आजकल’ प्रदर्शन भएको थियो । सो फिल्मबाट उनीहरु जोडीका रुपमा दर्शकमाझ चर्चित छन् ।



सारा र कार्तिकलाई दर्शकले फेरि सँगै पर्दामा देख्न पाउने भएका छन् । निर्देशक इम्तियाजले नै उनीहरुलाई आफ्नो नयाँ फिल्ममा अभिनय गराउने तयारी गरेका छन् । इम्तियाजले पंजावी गायक अमरसिंह चम्किलाको जीवनीमा फिल्म निर्माण गर्न लागेका छन्, जसमा कार्तिक र सारा प्रमुख भूमिकामा रहने बताइएको छ ।

इम्तियाजले पहिला मुख्य भूमिकामा रणवीर कपुर वा आयुष्मान खुरानालाई लिने सोचेका थिए । बायोपिक बनाउने भएपछि इम्तियाज केही दिनअघि अमरसिंहका छोरालाई भेट्न लुधियाना पुगेका थिए । जब उनले अमरसिंहका छोरा जयमानलाई भेटे, तब उनले आफ्नो रुचि सुनाए । उनले आफ्नो बाबुआमाको भूमिकामा कार्तिक र सारालाई हेर्न चाहेको बताए । त्यसपछि निर्देशक इम्तियाज कार्तिक र सारालाई नै मुख्य भूमिकामा अभिनय गराउने योजनामा पुगेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।

अमरसिंह पंजावी गायक, कम्पोजर तथा गीतकार थिए । त्यतिबेला उनका गीत निकै चलेका थिए । ८ मे १९८८ मा अमरसिंह, उनकी पत्नीसहित उनको ब्याण्डका दुईजना सदस्यको हत्या भएको थियो । हत्या कसले र केका लागि गर्‍यो, त्यो भने अहिलेसम्म रहस्यमै रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट