कन्हैया कुमारले किन कांग्रेस नै रोजे ?-Sutra News

कन्हैया कुमारले किन कांग्रेस नै रोजे ?

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

नयाँ दिल्ली- भारतका चर्चित युवा राजनीतिज्ञ कन्हैया कुमार देशको पुरानो पार्टी भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई) प्रवेश गर्ने भएका छन् । यही २८ सेप्टेम्बरमा आयोजना हुने एक कार्यक्रममा कुमार कंग्रेस प्रवेश गर्न लागेका हुन् ।



सन् २०१९ को लोकसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका कुमार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नेता गिरिराज सिंहसँग  पराजित भएका थिए ।

भारतका क्रान्तिकारी नेता भगत सिंहको जन्मजयन्तीका अवसरमा उनी कांग्रेस प्रवेशको तयारी गरेका हुन् । कन्यैयासँगै गुज्रातका स्वतन्त्र सांसद जिगनेश मेभानी पनि कंग्रेस प्रवेशको तयारी गरेका छन् ।

जहवारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका पूर्वअध्यक्ष कुमार अन्य नेतासँगै कंग्रेस प्रवेश गर्ने जनाइएको छ । उनको प्रवेशले देशको पुरानो पार्टी कंग्रेसलाई विहारमा जीवन्त दिने विश्वास गरिएको छ । भारतमा आगामी सन् २०२४ मा आम निर्वाचन हुँदैछ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट