रोहित सेठ्ठी निर्देशित मल्टिस्टार ‘सूर्यवंशी’ को प्रदर्शन तिहारमा हुने-Sutra News

रोहित सेठ्ठी निर्देशित मल्टिस्टार ‘सूर्यवंशी’ को प्रदर्शन तिहारमा हुने

आइतबार, १० असोज २०७८

आइतबार, १० असोज २०७८

काठमाडौं- कोभिड-१९ को संक्रमणका कारण डेढ वर्षयता विश्व भरकै सिनेमा हल बन्द छन् । कोरोनाको पहिलो लहर सकिएपछि भारत, नेपाललगायत विश्वका केही देशका सिनेमा हल खुलेका थिए ।



बीचमा केही कम बजेटका फिल्मसमेत हलमा प्रदर्शन भए । तर, व्यावसायिक रूपमा कुनैले पनि सुखद परिणाम हासिल गरेनन् । अब भने सिनेमा हल क्रमशः खुल्न थालेका छन् । 

भारतमा धेरै राज्यका सिनेमा हल केही साताअघि नै खोलिए पनि महाराष्ट्रमा भने अझै बन्द छन् । त्यहाँ फिल्म निर्माता, हल सञ्चालक तथा कलाकर्मीले समेत हल खोल्नुपर्ने माग राख्दै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई भेटेपछि महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि हल खोल्न पाउने घोषणा गर्यो ।

सरकारले हल खोल्ने निर्णय गरेसँगै रोहित सेठ्ठी निर्देशित मल्टिस्टारर ‘सूर्यवंशी’ ले प्रदर्शन मिति तोकेको छ । अघिल्लो वर्ष नै प्रदर्शनका लागि तयार भएको फिल्म तिहारको अवसरमा प्रदर्शन हुनेछ ।

फिल्ममा अक्षय कुमार, अजय देवगण, रणवीर सिंह, कैटरिना कैफलगायत थुप्रै कलाकार छन् । सोही मितिमा हलिउड फिल्म ‘इटर्नल्स’ पनि प्रदर्शन हुने भएको छ । मार्भल स्टुडियोको ‘इटर्नल्स’ मा एन्जेलिना जोली, सल्मा ह्याकलगायतका स्टारको अभिनय छ ।                     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट