काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध एमाले नेता गोकुल बाँस्कोटाले आक्रोश व्यक्त गरेका छन् ।
एमालेबाटै अलग भएर नयाँ पार्टी गठन गरेका अध्यक्ष नेपालले केही दिनयता एमालेको आलोचना गरिरहेका छन् ।
आगामी चुनावमा एमाले ‘पत्तासाफ हुने’, ‘टर्च बालेर खोज्नुपर्ने’जस्ता टिप्पणी नेपालले गरिरहेका छन् ।
यसै क्रममा पूर्वमन्त्रीसमेत रहेका एमालेका केन्द्रीय सदस्य बाँस्कोटाले उनको नाम नलिईकन ‘एमालेविरुद्ध कुर्लिनेहरू’ भन्दै आक्रोश व्यक्त गरेका हुन्
‘भ्यागुतालाई समुद्र मन पर्दैन, किनकि कुवा नै उसको समुद्र हो । त्यसैले उसलाई त्यहीँ रमाउन दिनुपर्छ’, आइतबार राति बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, र, मुसा मोटाएर क्विन्टल अनि हात्ती दुब्लाएर छटाक हुँदैन । एमालेकै दालभात खाएर आजतक जीवन चलाउँदै एमालेकै विरुद्ध कुर्लनेहरूले छिट्टै यो कुरा स्वीकार्न बाध्य हुनेछन् ।’