काठमाडौं- ओमानसँगको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल फराकिलो गोल अन्तरले पराजित भएको छ ।
आइतबार राति दोहास्थित कतार युनिभर्सिटीमा सम्पन्न खेलमा ओमानले २ का विरुद्ध ७ गोल गरेको थियो । पहिलो हाफमा २-१ गोलले पछि परेको नेपाल दोस्रो हाफमा ५ गोल खाएपछि जवाफमा १ गोल मात्रै गर्न सफल भयो।
साफ च्याम्पियनसिपको तयारीका लागि कतार पुगेको नेपाली टोलीले ओमानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपका लागि नेपाल आज मालदिभ्स जानेछ ।
च्याम्पियनसिपमा नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।