काठमाडौं- प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ ।
आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।