काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ नै फर्किएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।
आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।