काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौँकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ ।
९ एन एएनआई एटिआर कल साइन भएको जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले विराटनगरबाट जहाजलाई पुनः काठमाडौँ फर्काएका थिए ।
स्रोतका अनुसार विराटनगर पुगेर ल्यान्ड गर्ने बेलामा पाइलटले ल्यान्डिङ गियर खुलेको/नखुलेको थाहा पाएनन् ।
प्राविधिक समस्याका कारण जहाजको अघिल्लो चक्का खुलेको या नखुलेको केही थाहा नपाएपछि त्यसको जानकारी दिएर जहाजलाई पुनः काठमाडौँ ल्याइएको थियो ।
काठमाडौँको आकाशमा ६/७ फन्को लगाएको जहाजका पाइलटलाई एटीसी (एयर ट्राफिक कन्ट्रोल)ले अगाडिको चक्का खुलेकाले ल्यान्डिङ गर्न समस्या नहुने बताएका थिए ।
त्यसपछि जहाजलाई काठमाडौँमै अवतरण गराइयो ।