बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयर यू ६०१–९ एनएजेओ जहाज पोखरा काठमाडौँ फर्किएको छ ।
ककपिटमा धुँवा देखिएपछि उक्त जहाज पोखरा फर्किएको हो । जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको बताइएको छ ।
त्यस्तै आज बिहान काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौँकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो ।
९ एन एएनआई एटिआर कल साइन भएको जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले विराटनगरबाट जहाजलाई पुनः काठमाडौँ फर्काएका थिए ।
प्राविधिक समस्याका कारण जहाजको अघिल्लो चक्का खुलेको या नखुलेको केही थाहा नपाएपछि त्यसको जानकारी दिएर जहाजलाई पुनः काठमाडौँ ल्याइएको थियो ।