देशमा राजनीतिक अस्थिरता बढेपनि मधेशको माग पुरा हुनैपर्छ- ठाकुर-Sutra News

देशमा राजनीतिक अस्थिरता बढेपनि मधेशको माग पुरा हुनैपर्छ- ठाकुर

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले देशमा राजनीतिक अस्थिरता बढ्दै गएको बताएका छन् । सोमबार जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ठाकुरले यस्तो बताएका हुन् ।



उनले आफ्नो मधेशको माग पुरा गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निरन्तर ध्यानाकर्षण गराइरहेको बताए ।

नेता ठाकुरले संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट