काठमाडौँ- काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौँकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ ।
सोमबार विराटनगरतर्फ गएको नाइनएन एनआई उडान संख्या युफोसेभेनशून्यवान विमानमा कुल ७३ जा यात्रु सवार थिए । बयस्क ६८, नवजात शिशु ३ र बच्चा २ जना थिए ।
बुद्ध एयरले विज्ञप्ति जारी गरेर पुनः सुरक्षित हवाई यात्राको प्रतिबद्ध रहेकाे जनाएको छ ।
९ एन एएनआई एटिआर कल साइन भएको जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले विराटनगरबाट जहाजलाई पुनः काठमाडौँ फर्काएका थिए ।
प्राविधिक समस्याका कारण जहाजको अघिल्लो चक्का खुलेको या नखुलेको केही थाहा नपाएपछि त्यसको जानकारी दिएर जहाजलाई पुनः काठमाडौँ ल्याइएको थियो ।