काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार जारी प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
सोमबार बैठक सुरु भएलगत्तै उनीहरुले अवरोध सुरु गरेका हुन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’ ‘ संवैधानिक सर्वोच्चता कायम गर’ भन्दै नारा लगाइरहेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर रुपमा संसद बैठक अवरुद्ध पार्दै आइरहेको छ ।