विमान हिस्ट्री – यात्रीको पेटमा ग्यास भरिएका यात्रुकै कारण पनि भएको थियो आपतकालीन अवतरण-Sutra News

विमान हिस्ट्री – यात्रीको पेटमा ग्यास भरिएका यात्रुकै कारण पनि भएको थियो आपतकालीन अवतरण

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

हाल सालमै दुबईबाट नेदरल्यान्ड्सको एम्सटर्ड्याम गइरहेको एक विमान अस्ट्रियाको भिएनामा आकस्मिक अवतरण गर्नुपरेको थियो ।



विमानको एक यात्रीले अपानवायु छोडेपछि बेस्सरी गनाएर अन्य यात्रुलाई गाह्रो पर्यो अनि उडानकै क्रममा झगडा हुन थाल्यो । यो घटना ट्रान्सेभिया एयरलाइन्स एचभी६९०२ मा भएको थियो ।

पेटमा ग्यास भरिने समस्या भएका एक यात्रीले लगातार अपानवायु छोडेपछि उनीसँग रहेका दुई यात्रीहरूले आपत्ति उठाए । ती यात्रीले अपानवायु रोक्न कोशिश नगरेको भन्दै उनीहरू रिसाएका थिए । उनीहरू विमान कर्मचारीलाई धेरैचोटि गुनासो गरेको भएपनि उक्त यात्रुले अपानवायु छोडेको छोड्यै गर्यो ।

अपानवायु किन रोक्दैनस् भनी दुई यात्रीले उसलाई र्याखर्याख्ती पारेपछि झगडा चर्किंदै गयो र पाइलटले भियना अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उतार्ने निर्णय गरे ।

पाइलटले झगडाको बारेमा खबर गरेर प्लेन अवतरण गर्नेबित्तिकै प्रहरी विमानमा पुग्यो र तीनजनालाई प्लेनबाट निकालिदियो । ती यात्रीसँगै बस्ने दुई महिलाहरूलाई पनि प्लेनबाट बाहिर निकालियो ।

प्रहरी प्रवक्ताले यो घटना एक यात्रीका कारण भएको र उसले आफूलाई नियन्त्रण गर्ने कोशिश नै नगरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट