काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार जारी प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका छन्
सोमबार बैठक सुरु भएलगत्तै उनीहरुले अवरोध सुरु गरेका हुन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’ ‘ संवैधानिक सर्वोच्चता कायम गर’ भन्दै नारा लगाइरहेका थिए ।
सोमबारको बैठकमा एमाले सांसदहरुले नयाँ ‘नारा’ पनि लगाएका छन्। उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाइरहेका छन् ।
बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ ।