प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए ।
सोमबार बैठक सुरु भएलगत्तै उनीहरुले अवरोध सुरु गरेका हुन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’ ‘ संवैधानिक सर्वोच्चता कायम गर’ भन्दै नारा लगाइरहेका थिए ।
सोमबारको बैठकमा एमाले सांसदहरुले नयाँ ‘नारा’ पनि लगाएका छन्। उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाइरहेका छन् ।