अर्थमन्त्रीलाई खगराज अधिकारीको चेतावनी- तपाइँको कदमले अन्तराष्ट्रिय कानून आकर्षित हुन्छ-Sutra News

अर्थमन्त्रीलाई खगराज अधिकारीको चेतावनी- तपाइँको कदमले अन्तराष्ट्रिय कानून आकर्षित हुन्छ

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमाशा हेरेर बसेको आरोप लगाउनुभएको छ



सोमबार संसद भवनमा संचारकर्मीसंग कुरा गर्दै अधिकारीले आफुलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसदमा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमाशा हेरेर बसेको आरोप लगाएका हुन् । उनले सरकारले अहिले गैर जिम्मेवार प्रवृति देखाएको तर्क गरे ।

अधिकारीले अकस्मात संसद बन्द गरि दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसदमा देखिएको धारणा राखे । त्यस्तै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाएका छन् ।

अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तराष्ट्रिय कानून आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट