काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको छ । उनीमाथि सोमबार बिहान खुकुरी प्रहार भएको हो ।
विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेको प्रहरीले जनाएको छ । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।
स्रोतका अनुसार खुकुरी प्रहार गर्ने व्यक्तिले उनीसंग (माल) गाँजा मागेको रहेछन्, उनले छैन भनेपछि हतियार प्रहार गरेका रहेछन् ।