बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय-Sutra News

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौं- सरकारले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।



मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ ग्रहण गर्ने सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक, तेजाब र अन्य घातक रासायनिक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश, २०७८ स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट