१० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल-Sutra News

१० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौं- नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ ।



ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानम भएको बैठकमा पहिले निर्माण गरिएको कार्यदलमा शंकर पोखरेललाई थप गर्ने र संयोजकमा रावललाई बनाउने निर्णय गरेको हो ।

‘कार्यदलमा पहिलेदेखि नै ६ जना हुनुहुन्थ्यो र त्यसमा एक जना (शंकर पोखरेल) लाई थप गरी सात बनाइएको छ । कार्यदलका संयोजक रावलले मंगलबार नै त्यसको बैठक बोलाउनु भएको छ ।,’ एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने ।

एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर, केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट