राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज-Sutra News

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।



आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले गत ९ भदौमा प्रतिनिधिसभा वा राजनीतिक दलको केन्द्रीय समितिको २० प्रतिशत सदस्य भए नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहित अध्यादेश जारी गरेको थियो । 

अध्यादेश जारी भएकै दिन यसैको जगमा टेकेर नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । तर, अध्यादेशका कारण लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । 

जसपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम पठाउन इन्कार गरेपछि सरकार अध्यादेश खारेजीको निष्कर्षमा पुगेको हो । 

अध्यादेश खारेज भएसँगै अब सत्ता पक्षधर गठबन्धनका अन्य चार दलले मन्त्रीको नाम दिने भएका छन् । मन्त्रीको नाम दलबट प्राप्त भएलगत्तै मनित्रपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बताइएको छ । फाइल तस्बिर । 

242071189_164014029233116_8487696155893707406_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट