नेपाल मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा-Sutra News

नेपाल मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा हुने तय भएको छ । काउन्सिलले एक उपाध्यक्ष पद र आठ सदस्य पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।



बिहान १० देखि ४ बजेसम्म हुने निर्वाचनमा दुई चरणमा मतदान हुने काउन्सिलको निर्वाचन समितिले जनाएको छ । निर्वाचन तालिकाअनुसार काठमाडौं उपत्यकामा १० र ११ मंसिरमा मतदान हुनेछ । उपत्यकाबाहिर भने ३ र ४ मंसिरलाई निर्वाचनका लागि मिति तय भएको समितिको भनाइ छ ।

२२ असोजमा मतदाता नामावली प्रकाशन गरिने तालिका रहेको र २४ गते मतदाता नामावलीमा दाबी, विरोध गर्ने समय छुट्याइएको समितिले जनाएको छ । उम्मेदवारीका लागि मनोनयनपत्र दाखिला १ र २ कात्तिकमा तोकिँदा ४ कात्तिकमा उम्मेदवारी फिर्ता लिन सकिनेछ । 

समितिका अनुसार डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मनोज हुमागाईं निर्वाचन अधिकृत रहनेछन् । ११ गते सम्पन्न हुने निर्वाचनको मतगणना १२ मंसिरदेखि सुरु गरिने नेपाल मेडिकल काउन्सिलले बताएको छ । निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट