काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज ११ बजे बस्ने एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार आजको बैठकमा १० बुंदे सहमतिको विषयमा व्यापक छलफल हुनेछ ।
उपाध्यक्ष भीम रावलको संयोजकत्वमा दश बुँदे सहमति कार्यान्वयन गर्न भन्दै नेकपा एमालेले सोमबार कार्यदल गठन गरेको थियो ।
कार्यदललमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।
पछिल्लो समय एमालेमा दस बुंदे कार्यान्वयन हुन नसक्दा नेताहरु विभाजित हुने अवस्थामा पुगेका छन् ।