काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुंदेलाई जसरी पनि कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।
मंगलबार बसेको कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले १० बुँदे केहि ठाउँमा कार्यान्वयन भइसकेको र बाँकी ठाउँहरुमा पनि छिट्टै कार्यान्वयन हुने बताए ।
बैठकमा १० बुंदे सहमतिको कार्यन्वयन र विधान महाधिवेशनको विषयमा छलफल भयो, त्यसको लागि उपयुक्त विधि र विभिन्न उपायहरुको बारेमा छलफल गरेका छौँ, उनले भने, ‘१० बुंदे कार्यन्वयनको धेरै ठाउँहरुमा भएको छ जुन ठाउँमा भएको छैन त्यहाँ पनि छिट्टै नै हुन्छ ।’
उनले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा १० बुँदे कार्यन्वयनपछि मात्र थाहा हुने प्रष्ट पारे ।