‘राधा’मा कस्ती देखिइन् सृष्टि ?-Sutra News

‘राधा’मा कस्ती देखिइन् सृष्टि ?

मंगलबार, १२ असोज २०७८

मंगलबार, १२ असोज २०७८

काठमाडौं- सुवर्ण थापा निर्देशित नयाँ चलचित्र ‘राधा–द सेक्रेट्स अफ राधा’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ ।  चलचित्रमा सृष्टि शीर्ष भूमिकामा छिन् ।



निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा रहेको जानकारी निर्माण संस्थाले दिएको छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत छ । सिनेमा कहिले दर्शकमाझ आउँछ, त्यो भने खुलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट