काठमाडौं- कपनमा एक भारतीय महिलाको चिनेजानेकै छिमेकीले ४ वर्षीय बालक लिएर सम्पर्कविहीन भएका छन् ।
भारत मधुवनकी ती महिलाको छोरा लिएर भारतीय नागरिक सोमबारदेखि सम्पर्कविहीन भएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार बच्चासहित ती व्यक्ति सम्पर्कविहीन भएपछि बालकका आफन्तले मंगलबार उजुरी दिएका छन् ।
बालक खोजी कार्य सुरु गरिएको एसपी बस्नेतको भनाइ छ ।