गुल्मीका कमल नेपाली मलेसियामा बेपत्ता-Sutra News

गुल्मीका कमल नेपाली मलेसियामा बेपत्ता

मंगलबार, १२ असोज २०७८

मंगलबार, १२ असोज २०७८

गुल्मी- दशैं नजिक भएकाले थुप्रै नेपाली परिवार परदेशीको प्रतीक्षामा छन् । परदेश पसेकाको पनि सकेसम्म दशैं-तिहारमा घर फर्कने योजना बनेको हुन्छ । तर, गुल्मीकाे रेसुंगा नगरपालिका-७ का कमल नेपाली परदेशमा बेपत्ता भएका छन् । करिब एक महिना पुग्न थाले घरपरिवारसँग सम्पर्क नभएको ।



३६ वर्षीय कमल नेपाली २१ भदौदेखि परिवारको सम्पर्कमा नभएको उनकी श्रीमती माया नेपालीले जानकारी दिइन् । कमल ०६८ सालदेखि मलेसियामा काम गर्छन् । परिवारलाई २३ भदौमा कमलका साथीहरूले मलेसियाबाट फोन गरेर प्रहरीले पक्राउ गरेको जानकारी दिएका थिए । घरपरिवारलाई कमलको वास्तविक अवस्था जानकारी छैन । अन्याेलता र अनेक आशंकाले कमलकी श्रीमती मायाको रुँदारुँदै आँसु सकिन थालेको छ ।

आमा र श्रीमती भएर गुहार माग्दै तम्घासमा आएका छन् । कम्पनीले पनि कुनै वास्ता नगर्ने र साथीहरूले पनि वास्तविक कुरा नगर्दा पीडाले तड्पिएको श्रीमती मायाले गुनासो गरिन् । उनले परदेशको कुरा आफूहरूले के गर्ने र कसो गर्ने निर्णय नै गर्न नसकेको मायाको भनाइ छ ।

मलेसियामा कमलसँग धुर्कोट गाउँपालिका-६ का धनुष जिसी बस्थे । उनले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । तर, परिवार त्यो मात्रै कारण मान्न तयार छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट