कांग्रेस प्रवेश गर्दै कन्हैया कुमारले के भने ?-Sutra News

कांग्रेस प्रवेश गर्दै कन्हैया कुमारले के भने ?

मंगलबार, १२ असोज २०७८

मंगलबार, १२ असोज २०७८

नयाँ दिल्ली- भारतीय युवा नेता कन्हैया कुमार भारतीय राष्ट्रिय कांग्रेसमा प्रवश गरेका छन् । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितमा दिल्लीस्थित पार्टी मुख्यालयमा कन्हैयालाई कांग्रेसमा स्वागत गरिएको हो ।



कन्हैया सन् २०१९ को लोकसभा चुनावमा कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) बाट बिहारको बेगुसरायमा उम्मेदवार बनेका थिए ।

कांग्रेसको सदस्यता लिएपछि कन्हैयाले देशलाई बचाउनका लागि यो पार्टीमा सामेल भएको बताए । कांग्रेसले मात्रै महात्मा गान्धी र भगत सिंहको सपना बचाउन सक्ने पनि उनले दाबी गरे ।

‘तपाईं आफ्नो दुश्मनको चुनाव गर्नुहोस्, मित्र आफैं बन्नेछन् । मैले देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा यसकारण सामिल हुन चाहे कि यदि कांग्रेस नै बचेन भने देश बच्ने छैन,’उनले भने ।   

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट