आज सार्वजनिक बिदा-Sutra News

आज सार्वजनिक बिदा

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

विरगन्ज- आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् । 



विशेषगरी नेपालको तराई क्षेत्रका महिलाहरूले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ ।

जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले आज बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरिएको छ ।   

भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परंपरा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

विशेषगरी विवाहित महिलाहरूले यो व्रत बस्ने परंपरा भए पनि अहिले अविवाहित महिलाले पनि व्रत बस्ने गरेका पाइन्छ । विवाहित महिलाहरू आफ्ना सन्तानको लामो आयुका लागि व्रत बस्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट