काठमाडौं- पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
पुनले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी हुन् । पुनले यसअघि सुमेरु अस्पतालमा उपचार गराएका थिए ।
पुनले २०७२ मा पनि थाइल्याण्डमा उपचार गराएका थिए ।