उत्तर कोरियाले फेरि देखायो आफ्नो शक्ति-Sutra News

उत्तर कोरियाले फेरि देखायो आफ्नो शक्ति

बुधबार, १३ असोज २०७८

बुधबार, १३ असोज २०७८

प्योङयाङ- उत्तर कोरियाले फेरि अर्को आणविक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र प्रहार गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरले प्रहार गरेकोे क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो । उत्तरले सोमवार पनि एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो । परीक्षण गरिएको नयाँ क्षेप्यास्त्रलाई उत्तरले रणनीतिक हतियार बताएको छ । यस्ता क्षेप्यास्त्रमा आणविक अस्त्र ‘फिट’ गर्न मिल्छ ।



प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ । उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो । उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ । गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले आवाजबाट चल्ने हतियार विकास गर्न लागेको बताएका थिए । आफ्नो एक सम्बोधनमा उनले उत्तरले विकसित गर्न चाहेका अन्य अत्याधुनिक हतियारको नामसमेत सार्वजनिक गरेका थिए । 

उत्तर कोरियालाई निशस्त्र पार्ने विषयमा अन्तर्राष्ट्रिय समुदायबीच भएका छलफल अहिले रोकिएका छन् ।  विश्व समुदायको बिरोध बाबजुद उत्तरले नयाँ आणविक हतियार विकसित गरिरहेको छ । उत्तरले पछिल्लो पटक परीक्षण गरेको आणविक हतियारबारे अध्ययन गरिरहेको अमेरिकी सेनाले एक विज्ञप्तिमार्फत भनेको छ । तर, सो हतियारले अमेरिका र उसका सहयोगी राष्ट्रलाई कुनै असर नगर्ने उसले प्रष्ट पारेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट